तुलसीपुर, २८ माघ । नेपाल आदिवासी जनजाति महासंघ तुलसीपुर नगर समन्वय समितिले वडा कमिटी गठन गरेको छ ।

janajatiतुलसीपुर उपमहानगरपालिका वडा नम्वर एक र दुईको संयुक्त भेलाले वडा नम्वर एकको अध्यक्षमा भिमवहादुर कुमा, उपाध्यक्षमा सुमन राज राजकोटी मगर,सरीता कुमा, तिला श्रेष्ठ, सचिवमा गिरीराज गरमजा, कोषाध्यक्षमा ठाकुर बुढामगर, सहसचिवमा खिमवहादुर राजकोटी मगर, तुलसीराम कुमाल र तिलवहादुर थापा मगर रहेको नगर अध्यक्ष नरेशकुमार राजभण्डारीले जानकारी गराएका छन् ।

त्यसैगरी वडा नम्वर २ मा डिलाराना मगरको अध्यक्ष रहेको ९ सदस्यिय कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा मनिराम कुमाल, वुद्धिराम चौधरी, कोलिराम चौधरी, सचिवमा सुर्यवहादुर थापा मगर,कोषाध्यक्ष सुशिला रानामगर, सहसचिवमा खिमाराना मगर, रुद्रविर पुनमगर, कुलवहादुर चौधरी लगायतका रहेका छन् ।

वडा समन्वय समितिका अध्यक्ष शेरवहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला उपाध्यक्ष रामवहादुर कुमाल र विशिष्ट अतिथिमा तुलसीपुर समन्वय समितिका अध्यक्ष नरेशकुमार राजभण्डारीले जनजातीका मुद्दाहरुलाई सरकारले ध्यान दिनुपर्ने वताएका थिए । डिलारानामगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सुर्यवहादुर थापाले गरेका थिए ।