दाङ । अखिल क्रान्तिकारी महेन्द्र वहुमुखी क्याम्पस विएस्सी प्रथम वर्षमा शिशिर खड्काको अध्यक्षतामा पच्चिस सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ । जसको उपाध्यक्षमा सदिल महरा सचिवमा वासुदेव भण्डारी सहसचिवमा आशिक वुढाथोकी र कोषाध्यक्षमा तोभान दाहाल रहनु भएको छ । अखिल क्रान्तिकारी दाङका भेला आयोजक समिती सदस्य गिरवहादुर महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन प्रदिप डागीले गर्नु भएको थियो ।












