इन्द्रेणी संवाददाता
दाङ, २३ माघ । दाङको घोराही उपमहानगरपालिका– १६ ले दुई सय ६५ जना ज्येष्ठ नागरिकलाई परिचय पत्र बितरण गरेको छ । वडा कार्यालयबाटै उनीहरुलाई परिचय पत्र बितरण गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढामगरले जानकारी दिए ।
दुई दिनसम्म वडा कार्यालयबाट परिचय पत्र प्रदान गरिएको र अन्य छुटेका ज्येष्ठ नागरिकहरुलाई पनि छिट्टै परिचय पत्र वितरण गरिने उहाँको भनाई छ । ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई उपमहानगरपालिकाले परिचय पत्र बितरण गर्दै आएको छ ।
ज्येष्ठ नागरिकहरुको बिबरण संकलन गरी थप व्यक्तिहरुलाई पनि परिचय पत्र बितरण गर्ने योजना रहेको अध्यक्ष बुढामगरले बताए ।
यसअघि महिला तथा बालबालिका कार्यालयबाट मात्रै बितरण हँुदै आएको ज्येष्ठ नागरिक परिचय अब घोराही उपमहानगरपालिकाबाट वितरण गरिदै आएको छ ।











