इन्द्रेणी संवाददाता
आगामी फाल्गुन २ गते सभामुखको निर्वाचन गर्ने निर्णय गर्दै रुपन्देहीको बुटवलमा प्रदेश नम्बर ५ को पहिलो प्रदेश सभाको बैठक सम्पन्न भएको छ । बुटवल उद्योग वाणिज्य संघको सुन्दरनगरस्थित सभाहलमा दिउँसो १ बजे सुरु भएको बैठक एक घण्टासम्म सञ्चालन भएको थियो ।

Pradesh-chief

प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुरु भएको बैठकले फागुन २ गते दोस्रो बैठकको आह्वान गरेको छ । फागुन २ गते समामुखको निर्वाचन गर्ने तयसहित प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरी बैठक सम्पन्न भएको हो । बैठकमा ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सभामुखको भुमिका निर्वाह गरेका थिए ।