काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ को जित सुनिश्चित गर्न भन्दै नेकपा एमालेका उम्मेदवार बेदुराम भुसालले उम्मेदवारी फिर्ता लिने भएका छन ।

Ram-Bahadur-Thapa-Badal

सोमबार बिहान एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहितको एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर ३ बाट उम्मेदवार बनेका माओवादीका वरिष्ठ नेता बादलको जित सहजताका लागि एमालेका उम्मेदवारभुसालको उम्मेदवार फिर्ता लिने सहमति भएको माओवादी स्रोतले जनाएको छ ।

राष्ट्रियसभा सदस्यका आज उम्मेदवार फिर्ता लिने अन्तिम दिन हो । बादल प्रदेश नम्बर ३ बाट खुला तर्फका उम्मेदवार हुन । साथै उनी राष्ट्रियसभाका लागि उम्मेदवार बनेका सबे भन्दा बरिष्ठ नेता हुन । उनलाई भाव राष्ट्रियसभा सदस्यको अध्यक्षको प्रमुख दावेबार मानिएको छ । वामगठबन्धनमा बादललाई राष्ट्रियसभाको अध्यक्ष बनाउने सहमति भएको बताइएको छ ।

भुसाल एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिन्छ । भुसालको उम्मेदवारलाई लिएर नेपालले असहमति जनाए पनि अन्तिममा आएर सहमति जनाएको स्रोतले बतायो । एभरेष्ट दैनिकमा खबर छ ।

आजको शीर्ष बैठकमा एमालेबाट अध्यक्ष ओली,बरिष्ठ नेता माधव नेपाल र कार्यदल संयोजक सुवास नेम्वाङ सहभागी थिए भने माओवादीबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ र बादल सहभागी थिए ।