इन्द्रेणी संवाददाता
दाङ, १५ माघ । दाङको घोराही उपमहानगरपालिका ४० औं वर्षमा प्रदेश गरेको छ । उपमहानपालिकाले आज कार्यक्रमको आयोजना गरी आफ्नो ४० औं स्थापना दिनव मनाएको छ ।
कार्यक्रममा १०७ वर्षको हरिप्रसाद श्रेष्ठलगायतका ज्येष्ठ गंगाराम चौधरी, सानीकुमारी रावत, विनिकुमारी रोकालाई सामान गरिएको थियो ।
त्यसैगरी विभिन्न टोलविकास संस्था, नगरपालिकाको कर्मचारी, साहित्यकार, खेलाडी, सञ्चारकर्मी, एसइइ परिक्षामा सामुदायिकतर्फबाट उत्कृष्ट विद्यार्थी, स्थापना दिवसको अवसरमा आयोजना गरिएको विभिन्न प्रतियोगिताका विजयी एवं उपमहानगरपालिकाको विकासका लागि योगदान पु¥याउने विभिन्न व्यत्रित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि प्रदेश सभाका सदस्य अमरबहादुर डाँगी, विशिष्ठ अतिथि राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, मेयर नरुलाल चौधरी, उपमेयर सीता न्यौपानेलगायतले प्रमानपत्र, नगद र दोसल्लाले सम्मान गरेका थिए ।
मेयर नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि, विभिन्न राजीनिक दलका प्रतिनिधिहरुलगायत शुभकामना व्यक्त गरेका थिए । उनीहरुले देशमा संघीयता लागुसँगै सिंहदरबारको अधिकार स्थानीय तहमा आइसकेकाले उपमहानगरपालिकाको विकास अब स्थानीय तहबाटै गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण अधिकृत सुवोध रेग्मीले गरेका थिए । २०३५ सालमा त्रिभुवन नगरपरिषदका रुपमा गठन भएको घोराही नगरपालिका हुँदै अहिले उपमहानगरपालिका भएको हो ।












