घोराही, १४ माघ । मगर समुदायको कला, सस्कृती र पहिचानको संरक्षणका लागि स्थापना भएको अठार मगरात मगरखाम तथा सस्कृती संरक्षण विकास मञ्चको प्रथम साधारणसभा घोराहीमा हुने भएको छ । २०७२ सालमा स्थापना भएको मञ्चको माघ १६ गते घोराहीमा रहेको मगर संघको कार्यालयमा हुने भएको हो ।
रोल्पा, रुकुमबाट बसाईसराई गरी दाङ आएका मगर समुदायका ब्यक्तिहरुले स्थापना गरेको मञ्चले जिल्लामा विविध कार्यक्रम गरीरहेको अध्यक्ष देबहादुर रोका मगरले विज्ञप्ती जारी गरेर जानकारी दिनुभएको छ । जिल्लामा रहेका मगर समुदायका ब्यक्तिहरुले क्रमस आफ्नो कला, सस्कृती र पहिचान भुल्दै गएको भन्दै त्यसका लागि मञ्च गठन गरिएको अध्यक्ष रोका मगरको भनाई रहेको छ ।
यसै क्रममा प्रथम साधारणसभामा सहभागी हुन सबैमा अध्यक्ष रोका मगरले आग्रह गर्नुभएको छ । त्यस अवसरमा मगर समुदायका अगुवा, मगर नेता, मगर कला साहित्यमा रुचि रहेका ब्यक्तिहरुलाई सहभागी हुन विज्ञप्ती मार्फत् आग्रह गरिएको छ ।










