इन्द्रेणी संवाददाता
काँकडभिट्टा, २९ पुस । अत्याधिक चिसोका कारण चिसोबाट बच्न आगो ताप्ने क्रममा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक महिला गम्भीर घाइते भएकिछिन । बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ ।

पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो ।











