इन्द्रेणी संवाददाता
काठमाडौं, २७ पुस । आज राष्ट्रिय एकता दिवस अर्थात राष्ट निर्माता पृथ्वीनारायण शाहको २९६ औं जनन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
नेपालको एकीकरणकर्ताका रुपमा रहेका पृथ्वी नाराणयण शाहको सम्झनामा आज रामशाहपथमा रहेको पृथ्वीनारायण शाहको सालिक अगाडी एक औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाइयो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रम कमल थापा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख, उपकुलपतिलगायत विशिष्ट ब्यक्तिहरूको सहभागिता थियो ।
नेपालमा गणतन्त्र घोषणापछि बिदा दिन बन्द गरिएको पुस २७ गतेको राष्ट्रिय एकता दिवसका दिन सरकारले यसपटक आज सार्वजनिक बिदा समेत दिएको छ ।












