तुलसीपुर, २४ पुस । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले विमानसेवा सञ्चालनका लागि सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

ghanashyam copyउनले आईतवार प्रेस विज्ञप्ती जारी गरेर विमानसेवा सञ्चालनका लागि सहयोग गर्ने नेपाल सरकारका प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कृष्णवहादुर महरा, एमाले नेता शंकर पोख्रेल, प्रकाश ज्वाला लगायतका सम्पुर्ण दलका नेताहरु, उद्योग वाणिज्य संघ, नागरिक समाज, तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी, पटक पटक डेलिगेसनमा जाने यस क्षेत्रका व्यक्तिहरु सवैलाई धन्यवाद गरेका छन् ।

विमान सेवालाई निरन्तरता दिनेमा यहाँमा सम्पुर्ण व्यक्तिको जिम्मेवारी भएको भन्दै उनले नागरिक उड्ड्यन प्राधिकरण र समिट एयरले विमान सेवा सुचारु गर्नका लागि देखाएको चासो र सक्रियताप्रति आभार समेत व्यक्त गरेको वताएका छन् । पूर्व निर्धारित समय तालिकामा फेरबदल भएर आगामी दिनदेखि आईतवार र वुधवार विमान सेवा सञ्चालन हुने विज्ञप्तीमा उल्लेख गरेका छन् । आगामी दिनमा दैनिक विमानसेवा सञ्चालन र इन्धन डिपो निर्माणका लागि पहल गरिएको समेत उनले विज्ञप्तीमा जनाएका छन् ।