कालीकोट, ९ पुस । कालीकोटमा बिहान दुई घण्टाको लागि कर्फ्यु खुलेको भएपनि पुनः अनिश्चितकालका लागि लगाइएको छ ।
शुक्रवार प्रहरीको गोली लागेर मृत्य भएका म्यादी प्रहरीका आफन्तले घटनाको बिरोध गरी प्रदर्शन शुरू गरेपछि कालीकोटमा शुक्रवारदेखिनै कर्फ्यु लगाइएको थियो । म्यादी प्रहरीको तलबका विषयमा भएको विवादका कारणसो घटना भएको हो ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेका अनुसार दुई घण्टाको लागि खुलेको भएपनि पुन अनिश्तितकालिन कर्फ्यु लगाइएको छ ।घटना बारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विकको संयोजकत्वमा गठन गरेको समितिले मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
उता मृतकका आफन्तले भने छानविन समितिमा सरकारका मान्छेमात्र रहेको र जिल्लाका जनप्रतिनिधिहरु नभएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।










