राधा शर्मा / बर्दिया 

श्रावण १७  । सिचाई मन्त्री सञ्जय कुमार गौतमले निर्धारित सयम सिमा भित्र नै प्रदेश नं.२ को स्थानिय निकायको निर्वाचन सम्पन्न गर्नका लागि नेपाल सरकरा कटिबद्ध रहेको बताउँनु भएको छ ।

20561849_2012969412260114_2008243065_n

आयोजना निरिक्षणका लागि बर्दिया पुग्नु भएका सिचाई मन्त्री सञ्जय कुमार गौतमले स्थानिय तहको तेस्रो चरणको निर्वाचनमा आन्दोलनरत मधेशवादीदलहरुले पनि भाग लिने बताउँदै उनिहरुले उठाएको संिबिधान सँसोधनको मागमा सरकार गम्भिर रहेको समेत बताउँनु भयो । प्रेस युनियन बर्दियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गौतमले आफुहरुले उठाएको संबिधान सँसोधनको मागमा प्रतिपक्षदल एमालेले समेत समर्थन गर्ने धारणा समेत राख्नु भयो ।

बर्दिया जिल्लामा रहेको राष्टिय गौरवको आयोजना बबई सिचाई आयोजनाको निरिक्षण गर्न बर्दिया जिल्लामा पुग्नु भएका सिचाई मन्त्री गौतमले बर्दिया जिल्लाको सदरमुकाम गुलरियाम आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै आगामि असोज २ गते प्रदेश नं.२ को स्थानिय निकायको निर्वाचन गर्नका लागि सरकार कटिबद्ध रहेको बताउँनु भयको हो ।

दशकौ पछि नेपाली काग्रेस पार्टी ले बर्दियाबाट मन्त्री पाए पछि अहिले काग्रेसि कार्यकर्ताहरुमा समेत खुसि छायको छ भने सिचाई मन्त्री काग्रेस बर्दियाका पार्टी सभापति समेत रहेकाले बिकास हुने आसा स्थानिय बासिन्दाहरले गरेका छन ।