इन्द्रेणी संवाददाता
दाङ, ८ साउन । दाङमा राँगाले हान्दा एक जनको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं ७ निवासी ६० बर्षीय तेजबहादुर चौधरीको राँगाको आक्रमणवाट मृत्यु भएको प्रहरीले बताएको छ । राँगा चराउन गएको समयमा उनलाई राँगाले हानेर शक्त घाइते बनाएको थियो । चौधरीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी लोकनाथ तिम्सिनाले बताए । घटना साउन ४ गतेको भएपनि परिवार जनले शनिवार मात्रै प्रहरीलाई खबर गरेकापछि घटना सार्वजनिक भएको हो ।