दाङ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । सामाजिक सञ्जालमा विभिन्न स्थानीय तहका विभिन्न पदहरुमा उम्मेदवारीको घोषणा तथा आफूसम्बद्ध पार्टीमा टिकट प्राप्तिका लागि पहलकदमी तीब्र पारिएको छ । यही मेसोमा कांग्रेसका चर्चित एवं स्वच्छ छविका युवा नेता नरेन्द्र पुनमगरले घोराही उपमहानगरपालिका– १४ मा वडाध्यक्ष पदको उम्मेदवारको रुपमा आफूलाई प्रस्तुत गरेका छन् ।

Narendra-copy“घोराही उपमहानगरपालिका वडा नम्बर १४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट मेरो उम्मेदवारी रहने छ”, नेता पुनमगरले भने, “नेपाली कांग्रेसको तर्फबाट मैले पनि वडावासीहरूको चाहनालाई मध्यनजर गरेर प्रस्ताव राख्ने ठाउमा राखेको छु । टिकट दिने वा नदिने भन्ने विषयमा पार्टीले मेरो योग्यता, क्षमता र क्रियाशीलतालाई हेरेर उपयुक्त निर्णय गर्नेछ ।” विगतमा आफूले नेपाली कांग्रेस र सिंगो समाज, देशको लागि इमान्दारितापूर्वक गरेको कामको मूल्यांकन गरी पार्टीका अग्रज तथा दौतरी लगायत सबैले एकपटक गम्भीरतापूर्वक सकारात्मक रूपमा लिइदिने विश्वास पनि उनले व्यक्त गरे । सक्षम र सही नेतृत्व छान्ने क्रममा पार्टीले वडा प्रमुखको उम्मेदवार आफूलाई बनाउने कुरामा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

२०३६ चैत्र २६ गते बुवा अनरेरी क्याप्टन मनबहादुर पुनमगर र आमा दिलमाया पुनमगरको माइला छोराका रुपमा जन्मिएका नरेन्द्र पुनमगर २०४६ सालमा बहुदल आउनुअघि स्कूलहरूमा प्रजातन्त्रको पक्षमा भूमिगत प्रचारप्रसार र कार्यक्रमहरुमा हिड्न थालेका हुन् । नरेन्द्र पुनमगरले २०४६ सालको जनआन्दोलनमा पनि सहभागिता जनाएका थिए । २०४६ सालपछि कांग्रेस पृष्ठभूमि बोकेका आफ्ना बुवा मनबहादुर पुनमगरसँगै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहे । नरेन्द्रका बुवा मनबहादुर पुनमगरले २०५४ को स्थानीय निर्वाचनमा साविक घोराही नगरपालिका– १० को अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकाले उनले उक्त चुनावको अनुभव हासिल गर्ने सौभाग्य पनि प्राप्त गरे ।

आइटी सम्बन्धी संस्था, क्लव र विभिन्न संघसंस्थामा आवद्ध भएर अध्यक्ष लगायत विभिन्न जिम्मेवार पदमा काम गरिसकेका नरेन्द्र पुनमगर माओवादी जनयुद्धताका बुवासँगै कांग्रेस बचाउ अभियानमा लागेका थिए । २०६२÷६३ को जनआन्दोलनमा सक्रिय सहभागी भएका नरेन्द्र पुनमगर तरूण दल र पार्टीका जिम्मेवार पदमा बसेर काम गरिरहेका युवा हुन् । विभिन्न सामाजिक कार्यमा अनुभव भएका नरेन्द्र पुनमगर नागरिकको कारिन्दा र समाजको गोठालो भएर काम गर्ने चाहनाले उत्प्रेरित भएर वडा प्रमुखमा आफूले दावी गरेको नरेन्द्र बताउँछन् ।

उर्जावान युवाहरूले समयमा आफ्नो बौद्धिक क्षमता, कुशलता, इमान्दारिता, मेहनत र कार्यदक्षता देखाउने अवसर कांग्रेसले दिनेमा आफू ढुक्क भएको नरेन्द्र बताउँछन् । “युवाहरुले त्यो अवसर पाएनन् भने देश धेरै वर्ष पछाडि धकेलिने छ”, उनी थप्छन् । उनले पहिलोपेजसँग भने, “उपमहानगरपालिकाको उपमेयर भएर पनि काम गर्नसक्छु भन्ने आत्मविश्वास छ । तर ग्रास लेभल अर्थात वडा प्रमुखमा बसेर जनताको दैनन्दिन काममा सहयोगी बन्ने मेरो चाहना हो । पछिल्लो समय नेपाली कांग्रेसले पनि समावेशी टिकटको बारेमा लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा रहेर सही निर्णय दिनेछ भन्ने पर्खाइमा छु ।”

वडावासी र आम नेपाली जनताका लागि उदाहरणीय र सराहनीय काम गर्न सक्ने व्यक्तिको छनोट गरी वडा प्रमुख बनाउनुपर्ने उनको ठम्याइ छ । “वडाप्रमुख भएर सिन्को पनि नभाँचेमा ऊ स्वयं पनि सकिने र पार्टी पनि बदनाम हुने भएकाले सचेततापूर्वक पार्टीले उम्मेदवार चयन गर्नुपर्ने तर्क उनको छ । एउटा पार्टीको तर्फबाट उम्मेदवार बने तापनि विजयी भएपछि समस्त वडावासीको कुशल प्रतिनिधित्व गर्न सक्नुपर्ने उनको धारणा छ ।

फुटबलको राष्ट्रिय खेलाडीको रुपमा दाङलाई मध्यपश्चिममा क्षेत्रीय फुटबल खेल प्रथम स्थान हासिल गराएर नरेन्द्रले दाङलाई चिनाएका थिए । खेलकुदमार्फत दाङको पर्यटनको विकास गर्न सफल भए उनी । दाङ मात्रै नभएर सिङ्गो राप्ती अञ्चलमा पहिलोपटक २०६० सालमा दाङमा इन्टरनेट भित्राएर २०६८ सम्म सोही क्षेत्रमा काम गरे उनले । डायलअप कनेक्सनदेखि शुरूवात भएको इन्टरनेट लिज लाइन हुँदै वाईफाईसम्म पुराए । अहिले थ्रीजी हुँदै चोरजी आउँदै गर्दा समग्रमा शुरूवात गरेर इन्टरनेट मार्फत संसारलाई ग्लोबलाइजेसन गर्ने युवा उनै हुन् । पछिल्लो समय सामाजिक काममा लागिपरेका उनका शुभेच्छुक र शुभचिन्तक कांग्रेसमा मात्रै नभएर सिङ्गो दाङ र राप्तीबासी छन् । स्थानीयस्तरमा चर्चित र असल युवाको नामले चिनिने उनी वर्तमान युवाका लागि प्रेरक र उर्जावान युवा हुन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ का नरेन्द्र पुनले बाजी मारेमा उक्त वडामा काम गरेर देखाउन सक्ने कुशल कार्यदक्षता, स्पष्ट भिजन र क्षमता उनमा देखिन्छ । वडा प्रमुख भएमा पाउने तलवको ५० प्रतिशत रकम सोही वडाका गरीव तथा निम्न वर्गीय परिवारका विद्यार्थी र असहाय बृद्धबृद्धाको सेवामा खर्चिने प्रतिवद्धता पनि उनले पहिल्यै सार्वजनिक गरिसकेका छन् । फुटबलका पूर्व राष्ट्रिय खेलाडी, नेपाल तरुण दल दाङका निर्वाचित जिल्ला सचिव, नेपाली कांग्रेसको निर्वाचित क्षेत्रीय सदस्य, विभिन्न संघसंस्थामा अध्यक्ष, महासचिव जस्तो जिम्मेवार पदमा क्रियाशील नरेन्द्र दक्षिण कोरियाको भिसा क्यान्सिल गरेर डायलअप कनेक्सनको इन्टरनेट सेवा जिल्लामा लिएर काठमाडौंबाट दाङ झरेका युवा हुन् । चर्चित युवा र वौद्धिक व्यक्तित्वका धनी नरेन्द्र पुनमगर वडा नं। १४ मा मात्रै नभएर दाङ जिल्लामै परिचित छन् । यस्ता युवा नेपाली कांग्रेसको नजरमा पर्छन् कि पर्दैनन् रु यसको जवाफ भने कांग्रेसले उम्मेदवार तय गरेको दिनमात्र थाहा हुनेछ । पहिलोपेज डटकमबाट