दाङ, २१ चैत । नेपाल पुर्वप्रहरी संगठन जिल्ला कार्य समितिको विशेष बैठक घोराहीमा सम्पन्न भएको छ । जिल्ला कार्यसमितिका अध्यक्ष रोबरबहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
जस्मा पुर्वअध्यक्षहरु कुलबहादुर रावत, बहादुर कर्ण केसी, भुपेन्द्र प्रसाद सुबेदी, आजीवन सदस्यहरुबाट पुर्णबहादुर भण्डारी, प्रेमबहादुर केसी, तेजबहादुर थापा रहेका छन् ।
बैठकले सदस्यमा दुई जनालाई मनोनयन समेत गरेको छ । जस्मा डिल्लीबहादुर शाही र मोहन लाल केसी रहेका छन् । साथै पुर्वप्रहरी नायब उपरिक्षक भेषराज श्रेष्ठलाई आजीवन सदस्यता दिने निर्णय गरीएको छ । बैठकले केन्द्रिय महाधिबेसनका लागि प्रतिनिधिहरुको नाम समेत छनौट गरिएको छ ।
आगामी बैशाख ७ गते हेटौडामा हुने केन्द्रिय महाधिबेसनका लागि अध्यक्ष रोबरबहादुर बस्नेत, कोषाध्यक्ष उषा सुबेदी, सदस्य रेशमा आचार्य, पुर्णबहादुर भण्डारी र खुसलबहादुर आलेको नाम प्रतिनिधिको रुपमा छनौट गरीएको अध्यक्ष बस्नेतले जानकारी दिए ।










