काठमाडौ, २१ चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङ गाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

nalsing gadसार्वजनिक लेखा समितिले ४१० मेगवाट क्षमताको नलसिंंगाड आयोजनामा भ्रष्टाचार भएकोमा छानबिन अगाडि बढाइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको होे । मुद्दा दायरपछि कुँवरलगायत सबै निलम्बनमा परेका छन् ।

नलसिङ गाड जलविद्युत आयोजनाका

प्रमुख मोतिबहादुर कुँवर निलम्वित ।

निलम्बित हुनेहरूमा कार्यकारी निर्देशक कुँवर, तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सूर्यप्रसाद रिजाल, तत्कालीन लेखा अधिकृत आनन्दप्रसाद चापागाईँ, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थ, विद्युत विकास विभागका तत्कालीन कानुन अधिकृत राजेशकुमार थापा र एसएमइसी–एमडब्लुएच कम्पनीका नेपाल प्रतिनिधि उदीपलाल श्रेष्ठ छन् । उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । आयोजना प्रमुख कुँवरले स्मेकका नेपाल प्रतिनिधि सुरेशलाल श्रेष्ठ र उदीप श्रेष्ठसँग मिलेर भ्रष्टाचार गरेको बुझिएको छ ।

आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटमा २७ करोड २४ लाख ५४ हजार ३५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ । उनले आफू निकट व्यक्तिलाई काम दिन हचुवाको भरमा मूल्यांकन गरी नलसिंगाड जलविद्युत आयोजना विकास समितिलाई हानी नोक्सानी पुर्याएका थिए ।

कम मूल्य प्रस्ताव गर्नेलाई जानीजानी कम अंक दिएको, डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन पेस गर्नुपर्नेमा एसएईसीको हकमा डिटेल कन्ट्रक्सन ड्रोइङलाई नै डिटेल इञ्जिनियरिङ सर्वे र डिजाइन मानेको पाइएको अख्तियारले बताएको छ ।

अख्तियारले १३ करोड ६२ लाख २७ हजार १६५ रुपैयाँ ८१ पैसा जरिवाना र एक बर्ष जेल सजायँ माग गरेको छ । हरेकपलमा खबर छ । २७ करोड २४ लाख ५४ हजार ३५१ रुपैयाँ ६२ पैसा भ्रष्टाचार गर्ने उद्देश्यले निर्णय भएको तर, लेनदेन भइनसकेकाले भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ३ अनुसार आधा रकम मात्र बिगो दाबी गरिएको हो ।