
दिपक बोहरा, तुलसीपुर २१ मंसिर । दलित भएकै कारण पुरन्धारका एक परिवारले आफुलाई गाउँ निकाल्ने धम्कि आएको बताएका छन् । बिगत दुई÷ तीन बर्ष देखी उपल्लो जातका स्थानियबाट पिडित हुँदै आएका दलित परिवारले पछिल्लो समय आफुलाई गाउ निकाल्ने धम्कि आएको बताएका हुन् ।
पुरन्धार ८ जौवारीका दल बहादुर सुनारले तुलसीपुरमा पत्रकार सम्मेलन गरी सोही ठाउका लोक बहादुर वलीले आफुलाई घर निकाल्ने समेत धम्कि दिएको बताए । उनले भने‘ तँ कामी , डुम त होस तैले हामीलाई के गर्न सक्छस तँ लाई म गाउँबाट पनि लखेटछु भन्दै सार्बजनीक स्थलमै बेईज्जत गर्छन् ।’ आफुलाई पटक पटक सार्बजनीक स्थालमा, पानी भर्न जाँदा पनि दलित भनेर पानी छुन नदिने गरेको उनले गुनासो पोखे । उनले भने ‘ तँ पानी न छो, तैले छोएको पानी हामिले खाँदैनौ भन्दै हेप्दै आएका छन् ।’
आफै झगडा गर्ने निहुँ खोज्ने अनी दिन दिनै झग्डा गर्ने गरेको उनले बताए । पिडित वलीले अन्य गाउँलेलाई पनि सुनार परिवारलाई कसैले सहयोग गरेमा नराम्रो हुन्छ भन्दै धम्कि दिने गरेकाले गाउँलेहरुबाट पनि सहयोग नपाएको सुनारले गुनासो गरे ।
सुनारले भने ‘ गाउँले कसैले पनि त्यो कामीलाई सहयोग गरेमा उस्लाई जस्तै बनाउँछु भनेर धम्की दिदा मेरो घरमा गाउँलेहरु आउन पनि डराउँछन् ।’ यस बिषयमा स्थानिय प्रशासनमा गएर न्याय माग्दा पनि नपाएको उनले गुनासो गरे । ‘ईलाका प्रहरी कार्यालय पुरन्धारमा न्यायका लागि गयौ तर हामीले त्यहाँबाट न्याय पाउन सकेका छैनौ’ उनले भने ‘उल्टै प्रहरीले नै धम्कि दिन्छन् ।’न्याय पाउने आशामा जिल्लामा क्रियाशिल अधिकारकर्मी, सरोकारवाला निकायमा पुग्ने गरेको उनले बताए ।
२१ औं सताब्दीमा पनि यसरी खुल्म खुला दलितहरुमा छुवाछुत हुँदा पनि न्याय दिने निकाय मौन भएर बसको पनी उनले गुनासो गरेका छन् । म जस्तै हजारौ दलितहरु उपल्लो जातिबाट हुने बिभेद सहन बाध्य भएका छन् । तर न्याय पाउन नसकेको भन्दै यसमा राज्य तथा सम्बन्धित निकाय पनि चासो दिनुपर्ने बताए ।
यसरी खुल्ला रुपमा यसरी बिभेद हुन्छ भने लुकिछिपी बाहिर नआएका धेरै घटनाहरु भएपनि धम्किकै कारण बाहिर नआउने गरेको दलित गैरसरकारी संस्था सम्न्वय समिति डिएनजिओसिसिका केन्द्रिय महासचिब चुर्ण सुनारले बताए । जातीय भेदभाव तथा छुवाछुत ऐन २०६८ मा ब्यबस्थापिका संसदबाट पारित र जेठ १८ गते प्रमाणिकरण भएको ऐनले प्रतिबन्ध लगाएको बाक्य प्रयोग गरी गालि गलौच गरेकाले उनलाई कानुनी दायरामा ल्याउन सबै सरोकारवाला निकाय एकजुट हुनुपर्ने महासचिब सुनारले बताए ।
दलित गैरसरकारी संस्था सम्न्वय समिति डिएनजिओसिसीको आयोजना तथा थर्कोट राष्ट्रिय साप्ताहिकको सम्न्वयमा तुलसीपुरमा पत्रकार सम्मेलन भएको हो । डिएनजिओसिसीका महासचिब सु्नारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण पत्रकार दोर्ण केसीले गरेका थिए । साथै पिडित दल बहादुर सुनार र उनकी श्रीमती रुपा सुनारले एक बिज्ञप्ति निकालि आफुलाई पिडा दिने वलीलाई सत्य तथ्य छानबिन गरी कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् ।











