कुशुम वि.क ./ बर्दिया
बर्दियामा सदरमुकाम गुलरिया सग मर्ज नगर्न माग गर्दै बर्दियाका उत्तर तर्फका ४ वटा गाविसका स्थानियवासीहरुले आज सदरमुकाम गुलरियामा प्रर्दशन गरेका छन । बर्दियाको उत्तर तथा पश्चिम तर्फ रेहेको पदनाह , उत्तरतर्फ रहेको मगरागाडि , धधवार र बानियाभार गाविसलाइ सदरमुकाम गुलरियामा मर्ज गर्न नहुने भन्दै ति गाविसका हजारौ नागरिकहरुले आज गुलरियामा प्रर्दशन गरेका हुन ।

b1fa340e9730b067de588617ce56039f_lसाथै उनिहरुले ति चार बटा गाविसलाइ मिलालयर एउटै गाउपालिका वनाउन समेत माग गरेका छन । थारु पहाडि भाइभाइ , चार गाविस हाइहाइ नगरपालिका चाहिदैन , चार गाविस फोडन पाइदैन भन्दै नारा लगाउदै गुलरिया बजार परिक्रमा गर्दै स्थानिय पुन सरचना प्राविधिक सहयोग समितिलाइ ज्ञापन पत्र समेत बुझाएका छन । कार्यक्रममा सघर्ष समितिका अगुवाहरुले प्राविधिक सहयोग समितिका सयोजक तथा स्थानिय विकास अधिकारी लाइ ज्ञापन पत्र बुझाउदै ध्यानआकर्षण समेत गराएका हुन ।

ज्ञापन पत्र बुझदै स्थानिय विकास अधिकारीले एक पटक सम्पुर्ण राजनितिक दलहरुविच जिल्लाको पुन सरचना सम्वन्धि सख्या र सीमाका वारेमा छलफल गरिने बताउनु भयो । केहि दिन अघि मात्र सानोश्री ताराताल नगरपालिकाका स्थानियवासीहरुले पनि स्थानिय पुन सरचना सहयोग समिति तथा स्थानिय राजनितिकि दलहरुले सानो श्री ताराताललाइ गुलरियामा मर्ज गर्न खोजेको भन्दै त्यसको विरोधमा ज्ञापन पत्र बुझाएका थिए ।

स्थानिय निकाय पुन सरचना आयोगले बर्दियालाइ पाच वटा स्थानिय निकाय बनायर सिफारिस गर्न भनेपनि बर्दियाका अधिकास दलहरुले यो सख्खा अप्रयाप्त भएको भन्दै सख्या बढाउन माग गरिरहेका छन । जिल्लामा नेकपा एमालेले जिल्लमा आयोगले तोकै अनुसारको ५ वटा नै सख्या हुनुपर्ने अडान लिएको छ भने नेपाली काग्रेस , नेकपा माओवादि केन्द्र लगायतका १६ वटा राजतिनिक दलहरुले ८ वटा निकाय बनाउनका लागी सहयोग समितिमा प्रस्ताव गरेका छन ।