नारायणपुर, ५ असोज । नारायणपुरमा सञ्चालन भएको महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ । हिन्दु जागरण नेपाल त्रिपुरको आयोजनामा २०७२ साल चैत १७ गतेदेखी २४ गतेसम्म नारायणपुरमा भएको महायज्ञको आज नारायणपुरमा एक कार्यक्रमको आयोजना गरि आयव्यय सार्वजनिक गरिएको हो । नारायणपुरमा सुर्यनारायण मन्दिर, धर्मशाला निर्माण एवं हिन्दुत्व संरक्षण गर्ने उद्धेश्यका साथ आयोजना गरिएको श्रीमद् भागवत ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल अनुष्ठान २०७२ मा २४ लाख ४२ हजार ४ सय ७ रुपैया ७८ पैसा बचत भएको छ ।

mahayagga

कार्यक्रममा आर्थिक समितिका संयोजक पूर्ण गुरुङले २४ लाख ४२ हजार ४ सय ७ रुपैया ७८ बचत भएको जानकारी दिनुभयो । नगद तथा जिन्सी गरि ४८ लाख ७० हजार १ सय ४७ रुपैया ९८ पैसा कुल आम्दानी भएकोमा २४ लाख २७ हजार ७ सय ४० रुपैया २० पैसा खर्च भएर २४ लाख ४२ हजार ४ सय ७ रुपैया ७८ बचत भएको गुरुङले जानकारी दिनुभयो । जसमा धान चामल विक्रीबाट १ लाख ५३ अहजार ३ सय, चन्दादाताहरुबाट नगद संकलन २१ लाख ५८ हजार ४ सय ४९, तुलादान ब्रतबन्ध पितृबाट ४ लाख २४ हजार ९ सय ४३, जग्गा आम्दानी निर्णय अनुसार १६ लाख ९९ हजार ९ सय ९९, कलश विक्रीबाट१ लख ९१ ह्जार, बैंकबाट व्याज १ हजार ४ सुय ७ रुपैया ९८ पैसा, बास विक्रीबाट ३ हजार, ईट्टा प्राप्तबाट १ लाख १० हजार ५ सय ४४ रुपैया, निर्माण सामाग्रीबाट ४६ हजार ५ सय ५ र काठबाट ८१ हजार रुपैया संकलन भएको उहाँले बताउनुभयो ।

जसमध्य महायज्ञ सफल गर्नकालागी २४ लाख २७ हजार ७ सय ४० रुपैया २० खर्च भएको उहाँले जानकारी दिनुभयो । साथै महायज्ञमा ७६ लाख बन्दा भन्दा बढि नगद तथा जिन्सीबाट संकलन भएको भएपनि महायज्ञमा घोषणा गरिए अनुसार २८ लाख बराबरको जग्गा अहिलेसम्म प्राप्त नभएकाले ४८ लाख ७० हजार १ सय ४७ रुपैया ९८ पैसा कुल आम्दानी देखीएको गुरुङले जानकारी दिनुभएको छ । साथै हालसम्म ४ लाख ५० हजार ८ सय ४३ रुपैया उठ्न बाकी रहेको पनि उहाँले बताउनुभयो ।

महायज्ञ आयोजक मूल समितिका संयोजक एवं हिन्दु जागरण नेपाल त्रिपुरका अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा त्रिपुर नगरपालिकाका तारा भट्टराई, नारायणपुर उद्योग वाणीज्य संघका अध्यक्ष गोपालप्रसाद लम्साल, कांग्रेस त्रिपुरका सभापति दिपक पाण्डे, महायज्ञ कार्यसम्पादन समितिका संयोजक ईन्द्रबहादुर रायमाझी, हिन्दु जागरण नेपाल दाङका उपाध्यक्ष श्रपा वली, ईप्रका नारायणपुरका प्रहरी सहायक निरिक्षक सरोज राना लगायतले मन्दिर र धर्मशाला समयमा नै निर्माण गर्न अनुरोध गनुृभएको थियो । सामाजिक कार्यमा सबैले सहयोग गर्नुपर्ने भन्दै उनीहरुले मन्दिर र धर्मशाला निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण गुमानसिंह वलीले गर्नुभएको थियो ।