चेतन रेग्मी
दाङ । तुलसीपुर बजारलाई सरसफाई राख्नका लागी शुरु गरिएको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानको पाचौ हप्ताको कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुरको विरेन्द्र चौकबाट अभियानको शुरुवात गरिएको हो । आजको अभियानको नेपाल बार एशोसियसनका पुर्व केन्द्रीय उपाध्यक्ष पदम प्रसाद वैदिकले नारा लगाएर शुरु गर्नु भएको हो । तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्यआयोजना तथा बाहीनी चौक स्थीत राधामाधव समीती लगाएत दर्जनौ सामाजिक संघ संस्था, विभिन्न टोल विकास समिति र सुरक्षा निकायको सहकार्यमा भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियान अन्तरगत आज (क) लाईनको वाहिनी चौक ग्रुम्राचौक,त्रीसीद्धेश्वरी मन्दीर हुदै इश्वरीय ब्रम्ह कुमारी परीसरमा सरसफाई गरीएको छ ।
सरसफाइको क्रममा सो रुटमा पर्ने सरकारी कार्यालयहरु उच्च अदालत, मालपोत कार्यालय, लोकसेवा आयोगको कार्यालय, सिंचाइ कार्यालय, जिल्ला भु संरक्षण कार्यालय लगायतका सरकारी कार्यालयहरु अगाडि भने फोहरको थुप्रो संगै निर्माण सामाग्रिहरु समेत थुपारिएको थियो । त्यस्तो अवस्था देखिएपछि अभियानमा सहभागि कलिला स्कुले विद्यार्थिहरुदेखि पाका नगरबासीहरुले समेत सरकारी कार्यालयहरुका अगाडि देखिएको फोहर व्यवस्थापन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।
क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानमा पांचौं साता प्रवेश गरीरहंदा तुलसीपुरको मुहार फेरीन थालेको छ । यद्धपि सरकारी कार्यालय अगाडिका सडक पेटीहरुमा भने अझै फोहर संकलन र व्यवस्थापन हुन सकेको छैन । नागरीकहरुमा फोहर व्यवस्थापनको चेतनामा सकारात्मक परीवर्तन आइरहेको अवस्थामा फोहर व्यवस्थापनकालागी कर्मचारी राखेका सरकारी कार्यालयकै अगाडि फोहर व्यवस्थापन हुन नसक्दा ती कार्यालयहरुको सर्वत्र आलोचना हुन थालेको हो । नगरपालिकाले यो विषयमा चेतावनी दिएपनि फोहर व्यवस्थापन नहुंदा अव कानुनी कारवाहि थाल्ने समेत जनाएको छ । हरेक हप्ताको मंगलवार विहान ७ :३० वजे देखि एक घण्टा सम्म संचालन हुने सरसफाई अभियान अन्तरगर्त मंगलवार पांचौ हप्ताको अभियान सम्पन्न भएको छ । सरसफाइ पस्चात सदा जस्तै आज पनी राष्ट्रीय भावका गितमा नाचगान गरी समापन गरीएको हो ।











