दाङ, ४ असोज । विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घट्नामा संलग्नहरुलाई तत्काल कडा भन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनल चेतावनी दिएको छ ।

bom-harekpalबम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले आज नै संयुक्त प्रेस विज्ञप्ती जारी गरी विद्यालयमा बम आतंक फैल्याउने अर्थात यस घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको टिप्पणी गरेका छन् । यस्तो कार्य गर्नेलाई तत्काल कडा कारवाही नगरे चर्काे आन्दोलनमा उत्रने उनले चेतावनी दिए ।
प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन् ।