अन्तराष्ट्रिय नेपाली समाजले कुबेतमा अलपत्र २२ जना नेपाली कामदारलाई खाद्यान्य सहयोग गरेको छ ।

कुबेतस्थित ‘खलिफा दड अल—दबबोउस एण्ड ब्रोस् कम्पनी लिमिटेडले खाद्यान्य र तलब उपलब्ध गराउन नसकेपछि ती कामदार अलपत्र परेका थिए । समाजले पीडित कामदारलाई चामल, दाल, तेल, नुन, मासु र तरकारी लगायत खाद्यान्य सहयोग गरेको हो । पीडितलाई राहत दिन समाजका पुर्व संयोजक हरि गोपाल सुबेदीको अगुवाईमा एक टोली क्याम्पमा पुगेका थिए ।

16092016025737kuwait-1000x0ती कम्पनीमा कार्यरत २२ जना नेपाली गत जनवरी ७ मा कुबेत पुगेका थिए । कम्पनीले १६ जनाको लागि भिसा लगाउन सकेको छैन् । भिसा नलाग्दा उनीहरुको बैधानिक हैसियत गुमेको छ । बिराटचोक, मोरङका प्रकास धमलाका अनुसार कम्पनीले ३ महिनाको तलब दिएको छैन् । कुबेतको महबुल्ला ब्लक—२ को स्ट्रिट नं. ३५ स्थित कम्पनीको क्याम्पमा बस्दै आएका ती कामदारले आफुहरु स्वदेश फिर्न नसकेको बताएको छ ।