बारा, २९ भदौ । बाराको अमलेखगञ्जमा मात्रै ८ करोड ३६ लाख लिटर पेट्रोलियम पदार्थ भण्डारणका लागि नयाँ पूर्वाधार निर्माण गरिने भएको छ । नेपाल आयल निगमले रक्सौल अमलेखगञ्ज पाइपलाइनको निर्माण सुरु भएलगत्तै दुई चरणमा अमलेखगञ्जमा ठूलो भण्डारण केन्द्र स्थापना गर्ने तयारी गरेको हो ।
अहिले काठमाडौंका लागि वीरगञ्जबाट आयात गरिने पेट्रोलियम पदार्थको भण्डारणका लागि यो मुख्य डिपो हो । त्यहाँको स्टोरज क्षमता २ करोड ३६ लाख लिटर छ । यसको क्षमतालाई वृहत रुपमा विस्तार गरेर यसलाई मुख्य भण्डारण केन्द्रका रुपमा विकास गर्न लागिएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । पहिलो चरणमा अमलेखगञ्जमा ८२ लाख लिटरको पेट्रोल भण्डारण ट्यांक स्थापना गरिनेछ ।
सुरुवातमा ४१ लाख लिटर क्षमतामा दुई वटा पेट्रोल ट्यांक निर्माण गरिनेछ । पाइपलाइन निर्माण भएपछि पेट्रोल भण्डारणका लागि तत्कालै दुई वटा ट्यांक निर्माण गर्ने र ‘पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा हामी अमलेखगञ्जमै थप भण्डारण ट्यांकहरु थप्ने छन् ।











