इन्द्रेणी संवाददाता
नेपालगञ्ज, २९ भदौ । प्रेस सेन्टर नेपाल प्रदेश नम्वर ५ को प्रथम प्रदेश अधिवेशन आजदेखि नेपालगञ्जमा शुरु भएको छ । ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको पक्षमा हाम्रो आन्दोलन, पेशागत एकता र सुदृढ संगठनका लागि प्रथम प्रदेश अधिवेशन’ भन्ने मुल नाराका साथ शुरु भएको अधिवेशनको उद्घाटन पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले गर्नुभयो ।
५ नम्बर प्रदेशका संयोजक मौसम रोकाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्वमहासचिव ओम शर्मालगायतले सम्बोधन गर्नुभएको थियो । अधिवशेनका सहभागीहरुलाई स्वागत प्रेस सेन्टर बाँकेका अध्यक्ष डाक्टर धितालले गर्नुभएको थियो ।














