महोत्तरी, २४ भदौ । महोत्तरीको जलेश्वर गाविस सचिव घुस लिँदालिदै फक्राउ परेका छन । स्थानीयसँग १० हजार घुस लिँदै गर्दा महोत्तरी सदरमुकाम जलेश्वरबाट गाविस सचिव गुलाव चौधरीलाई अख्तियारले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोत्तरीको टोलीले जलेश्वर महेन्द्र चोकबाट बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई १० हजार घुस लिँदै गर्दा पक्राउ गरेको हो ।Ghus-1

गाविसबाट अवलोकन भ्रमणकालागि स्थानीयसँग घुस लिँदै गर्दा सचिव पक्राउ परेका हुन् । गाविसबाट भ्रमणका लागि १ लाख पेश्की दिइएको थियो ।

उक्त पेश्की फर्यौटका लागि सचिवले १० हजार घुस लिँदै गर्दा महेन्द्रचोकको किराना पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास महोतरीका कार्यवाहक एसपी राजकुमार लम्सालले जानकारी दिए । सचिवलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही अगाडि बढाइएको लम्सालले जानकारी दिए ।।