तुलसीपुर ११ भदौ
सृजनसिल गाउँ विकास समाज तुलसीपुर ६ गाईडहरको १७ औ साधारण सभा त्यहाँ सम्पन्न भएको छ । समाजका अध्यक्ष ऋसीकेस केसीको अध्यक्षता तथा स्थानिय जेष्ठ नागपरक सावित्रा भुसालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा समाजका वरिष्ठ सल्लाकार स्वरी भण्डारी, वडा नागरीक मञ्चका उप संयोजक अरुण लहरे, भगवति टोल विकास संस्थाका अध्यक्ष गुरु प्रसाद लम्साल, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष रेशम भुसाल, युवा कुमार भण्डारी लगाएतकाले मन्तव्य राख्नु भएको थियो ।
सभामा कोषाध्यक्ष दुर्गा न्यौपानेले आर्थीक र उपाध्यक्ष केशव पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभाले दुवै प्रतिवेदन पारीत गरेको छ । समाजका सचिव डिल्लीराज लामीछानेको सञ्चालनबाट सुरु भएको सभामा पुर्ण बुढाथोकीले स्वागत मन्तव्य राख्नु भएको थियो ।।











