दाङ, ५ भदौं
सडक नजिकै रहेको माटोको ढिस्को बाट खसेर दाङमा एकजना बालकको मृत्यु भएको छ । शान्तीनगर ४ चिराघाट निवासी रुपलाल विकका ६ बर्षीय छोरा विकास विकको ढिस्कोवाट लडेर चोट लागेको र उपचरका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
हिजो साझ घर नजिक रहेको सडकमा खेलिरहेका विकास सडक छेउमा रहेको ढिस्को बाट झन्डै ३५ मिटर तल खसेका थिए ।
घाईते विकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारकालागि नेपालगञ्ज लैजादै गर्दा आज विहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाँईले जानकारी दिनुभयो ।।











