कसुम विक
बर्दिया, २ भदौ । बर्दिया जिल्ला कारागारका कैदीबन्दीहरुमा भाइरल ज्वरोको संक्रमण फैलिएको छ । भाइरलको संक्रमण बढेपछि काराकारभित्रका करिब ४० जना बढि कैदीबन्दीहरु विरामी भएका छन् ।६ दिन अघिदेखि फैलिएको भाइरल संक्रमण बढ्दै गएपछि कारागारभित्र बिरामीहरु अझ बढ्न सक्ने अनुमान गरिएको छ ।download जिल्ला कारागारभित्र भाइरल संक्रमणका बिरामी बढेपछि जिल्ला अस्पताल गुलरियाबाट स्वास्थ्यकर्मीहरु लिएर उपचार गराइरहेको कारागारका जेलर रोहित श्रेष्ठले जानकारी दिए ।कारागारभित्र संक्रमित र स्वस्थ ब्यक्तिहरुलाई छुट्टाछुट्टै राख्ने ठाउँ नभएकाले पनि संक्रमितको संख्या बढ्दै गएको हो ।एक सय २५ जनाको क्षमता रहेको बर्दिया कुारागारमा हाल २ सय ५७ जना कैदीबन्दी रहेका छन् । क्षमता भन्दा झण्डै तेब्बर कैदीबन्दीको संख्या रहेकाले पनि पटकपटक विभिन्न स्वास्थ्य समस्याहरु उत्पन्न हुँदै आएको बताइएको छ ।।