दाङ, १५ साउन
आज साउन १५ अर्थात खिर खाने दिन । सांस्कृतिक परम्पराअनुसार आज खिर घर घरमा पकाउने र खाने चलन छ । नेपाल कृषि प्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछी खुसियालि स्वरुप खिर खाने चलन रहेको छ । index
खेतीपातीको काम सकेपछी मिठो खाने चलन भए अनुसार साउन १५ लाई खिर खाने दिनका रुपमा मनाउन थालिएको हो । १५ असारमा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहा तथा सहयोगीले असारको व्यवस्तताबाट केही राहत मिलेपछि १५ साउनमा खिर खाने गर्छन् ।

परम्पराअनुसार अक्षय तृतीयाका दिन जांैको सातु र सर्बत खाने, कात्तिक महिनामापर्ने हरिबोधनी एकादशीका दिन पिँडालु र सखरखण्ड खाने, १५ माघमा मालपुवा खाने, हरितालिका तीजको पञ्चमीमा कर्कलोको गाभा खाने, जनैपूर्णिमाका दिन नौ थरि गेडागुडी मिसाएको क्वाँटी खाने चलन छ ।।