इन्द्रेणी संवाददाता
सुल्यान, २५ चैत्र
सल्यानको कपुरकोटमा १२ चक्के ट्रक विच सडकमै फसेपछि गए रातीदेखि राप्ती लोकमार्ग अन्तर्गत दाङ, सल्यान, रुकुम सडकखण्ड अबरुद्ध रहेको छ । रोल्पा सिमेन्ट प्रालिको ना ६ ख ६६५ नम्बरको १२ चक्के लोड भएको ट्रकको अगाडीको भाग सडक मुनी खसेको छ ।
ट्रक ठूलो दुर्घटनाबाट भने बचेको छ । गएराती सवा १० बजेतिर मोड सानो भएकाले स्टेरिङ नकट्दा ट्रक फसेको चालक प्रेम थापाले बताउनुभयो । कपुरकोट बजारमा सडकको तल्लो भाग सबै भासिएको छ । यसले अघिपछि पनि दुर्घटनाको खतरा छ ।
अहिले ट्रकमा भएको २१ टन क्लिङकर अनलोड गरेर जेसीबीको सहयोगमा ट्रक तान्ने प्रयास भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ । सडक खुल्न अझै ३ घण्टा सम्म लाग्न सक्ने प्रहरीले जनाएको छ । ट्रक विच सडकमै फस्दा दाङ हुँदै सल्यान, रुकुम रोल्पा जाने र सल्यान, रुकुम रोल्पाबाट दाङतर्फ जाने ८० बढि सानो ठूलो गाडी विच सडकमै लाइन लागेका छन् भने यात्रुहरु परेका छन ।।
