केशरमान बुढाथोकी
साम्राज्यवादी राष्ट्र अमेरिककाले विश्वभरी आफ्नो दादागिरी तथा हैकमी रबैया चलाउन विभिन्न गरिब राष्ट्रहरुमा ठूलो धनराशि सहयोग गरेको बहानामा डलरको कनिका छर्दै त्यस देश भित्र प्रवेश गरि त्यस राष्ट्रको इन्धन, खनिज तथा अन्य वहुमुल्य सम्पदामाथी गिद्देदृष्टी लगाएको उदाहरण प्रसस्त छन ।

विश्वका अधिकांश मुलुक जहाँ अमेरिकी सहयोग प्राप्त भएको छ त्यहाँका वर्तमान राष्ट्र प्रमुख तथा जनताहरु प्रताडित नभएको ठाँउ बिरलै पाइएला । यसको पछिल्लो ज्वलन्त उदाहरण हो इरानका सैन्य प्रमुखको कायरता पुर्वक हत्या ।

इराकका तत्कालीन राष्ट्रप्रमुख सद्दाम हुसेनलाई निर्ममता पुर्वक फासीको तख्तामा झुण्ड्याएको अमेरिकाले हाल इन्धनको धनी राष्ट्र इरानलाई आफ्नो कावुमा लिन त्यहाँका सैन्य प्रमुखको कायरता पुर्वक हत्या गरेपछी भनेको छ अमेरिकाले आफ्नो लगानी डुवाउन चाहन्न ।

Mahara photoयतिबेला नेपालमा पनि अमेरिकाले ठूलो मात्रामा धनराशि लगानी गर्ने योजनामा छ । एमसिसी मार्फत अमेरिकाले नेपालमा लगानी गर्न चहानुको प्रमुख कारण हो नेपालको जलसम्पदा । अमेरिका चहान्छ नेपालको जलविद्युत क्षेत्रमा लगानी गरेर अन्तर्देशीय बिधुत लाइन बिस्तार गर्ने र नेपालमा आफ्ना सैनिक राखेर सैन्य तथा आर्थिक हमला गरिरहने ।

अर्को अमेरिकाको बग्रदृष्टी छ नेपालका बहुमुल्य खनिज पदार्थ तर्फ । नेपालका बहुमुल्य खनिज पदार्थ आफ्नो देशमा लैजाने र प्रशोधन गरेर पुनः नेपाललाई सैयौं गुना नाफामा बेच्ने । त्यस्तै अमेरिकाको अर्को स्कार्थ पछिल्लो समय हरेक हिसावले विश्वमै शक्तिशाली बन्दै गएको चीनको नेपाल प्रवेश रोकेर नेपाललाई छिमेकी मुलुक चीन विरोधी राष्ट्रका रुपमा जवरजस्त परिभाषित गर्ने ।

यस्ता नितान्त अमेरिकी साम्राज्यवादी स्वार्थमा नेपाललाई जवरजस्त ढकेल्न खोज्नु नेपालको वर्तमान नेतृत्वको महाभुल हुने प्राय निश्चित छ । हरेक राष्ट्रमा जहाँ अमेरिकाले लगानी गर्छ त्यस राष्ट्रमा लगानी पश्चात् उसले आशा गरेको प्रतिफल नपाएपछीको परिणती नजिकैबाट नियालेका र एमसिसीको बारेमा सूक्ष्म अध्यन पश्चात् नेपालको हित बिपरित एमसिसी भएको निष्कर्ष निकालेर एमसिसीलाई सधन प्रवेश रोक लगाएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफ्नो इज्जत ,पद र प्रतिष्ठालाई माटोमै मिलाएर राष्ट्रलाई ठूलो दुर्घटना हुनबाट रोके । यो कुरा एमसिसी लागू भएपछिको केही बर्ष पछि नै दुरदराजका जनताले बुझ्ने छन । तर वर्तमान परिवेशमा एमसिसी ठिक कि बेठिक भन्ने सवालमा नेपालको राजनीतिक नेतृत्व दुई खेमामा बाँडिएको छ ।

20200107_064403
एकथरी नेतृत्व एमसिसी नेपालका लागि क्यान्सर जस्तै घातक हुने निष्कर्ष सहित यो लागू हुनु दुर्भाग्य हो भन्दैछन भने वर्तमान सरकार प्रमुख एमसिसी जसरी पनि पारित गर्ने भन्दै आफू अनुकुल सभामुख छान्न कम्मर कसेका छन ।

राष्ट्र संचालनको सम्पुर्ण बागडोर वर्तमान नेतृत्व कै हातमा भएकाले एमसिसी मार्फत स्वाधीन नेपाल अमेरिकालाई सुम्पिने महाभुल वर्तमान नेतृत्व केपी ओलीले गरेभने नेपालले त्यसको मूल्य चुकाउनुपर्ने निश्चित छ र इतिहास साक्षी राख्दै हाम्रा सन्ततिले तत्कालीन सभामुख कृष्णबहादुर महराको गौरव गाथा स्वर्णिम अक्षरले लेख्ने छन भने वर्तमान नेतृत्वको कालो पर्दा भित्रको राष्ट्रको मोलमोलाइको हिसाब अवश्य माग्ने छन ।