अङ्कारा, १३ माघ । सिरियाको अफ्रिन प्रान्तमा कुर्दिशहरुको बलियो प्रभाव रहेको सानो इलाका भएको सैन्य कारबाहीमा परी १४ व्यक्तिको मृत्यु भएको छ । यस कारबाहीमा परी टर्कीका तीन सैनिकले ज्यान गुमाएका छन् । त्यसैगरी कारबाहीका क्रममा ११ लडाकू मारिएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
यस कारबाहीका क्रममा घाइते भएका १३० व्यक्तिलाई भने उपचारार्थ टर्कीस्थित उपचारका लागि लगिएको बताएको छ । सिरियाको उत्तरपश्चिम क्षेत्र आफ्रिलमा करिब एक हप्तायता शुरु भएको सैन्य कारबाहीमा कम्तीमा ३४३ आतङ्ककारीको मृत्यु भएको टर्की सैन्य स्रोतले जानकारी दिएको छ ।
रासस











