इन्द्रेणी संवाददाता
दाङ, ७ पुस । दाङको तुलसीपुरमा एक जनाले खुर्पा प्रहार गरी आफ्नै श्रीमतीलाई गम्भीर घाइते बनाएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर धम्कापुर निवासी खुमबहादुर डाँगीले श्रीमती शारदा डाँगीलाई खुर्पा प्रहार गरेका हुन् ।

inndश्रीमान को खुर्पा प्रहारबाट शारदाको टाउकोमा गम्भीर चोट इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते शारदाको राप्ती अञ्चल अस्तपाल तुलसीपुरमा उपचार भइरहेको छ भने खुर्पा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको इप्रका तुलसीपुरका डिएपी प्रकाश सापकोटाले बताए ।

श्रीमतीले घर नजिकैको खोलामा लुगा धोइरहेका वेला डाँगीले खुर्पा प्रहार गरेको बताइएको छ । यो घटना आज शुक्रवार दिउँसो सवा १ बजेतिरको हो ।