चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२३, बेलहट्टामा आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको हो।
शनिबार राति निकुञ्जबाट निस्किएको जंगली हात्तीले घरमै आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दीपक दवाडीले बताएका छन् ।











