दाङ । ज्योतिपुञ्ज एजुकेशनल ग्रुपको आयोजनामा शिक्षकको शिक्षकको लागि शिक्षण सिकाइमा कृत्रिम बुद्धिमता AI को प्रभावकारी प्रयोग सम्वन्धी तीन दिने तालिम बिहिवारदेखि शुरु भएको छ ।

ज्योतिपुञ्ज एजुकेशनल ग्रुप दाङद्धारा सञ्चालित घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङलिश स्कूलका शिक्षकका लागि तालिम शुरु गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए ।

तालिममा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमता AI को परिचय र यसका टुल्स, AI को आधारित प्रयोगदेखि उन्नत प्रयोगसम्मको अवस्था, AI मा आधारित शिक्षण सामाग्री निर्णाण र त्यसको प्रयोग, AI को ब्यवहारिक प्रयोग र कक्षाकोठामा प्रभावकारी प्रयोग लगायतका बिषयमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यासमा आधारित तीन दिनसम्म प्रशिक्षण दिइने प्रिन्सिपल अधिकारीले जानकारी दिए । तालिमको प्रशिक्षकमा शिक्षण सिकाइमा कृत्रिम बुद्धिमता AI को प्रभावकारी प्रयोगका बिज्ञ होमराज खड्का छन् ।