काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्ने भनेको सभा स्थगित भएको छ। रास्वपाले शनिबार भैरहवा र आइतबार पोखरामा सभाको आयोजना गरेको थियो।
नेताहरूको समयको व्यवस्थान गर्न नसकिएको र सचिवालय तहका नेताहरू बसेर आन्तरिक योजना, गृहकार्य बनाउनुपर्ने, पार्टीको रणनीति तर्जुमा गर्नुपर्ने भएकाले सभा स्थगित गरिएको रास्वपाले जनाएको छ ।











