काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

१०औँ संस्करणको आईसीसी टी–२० विश्वकपमा नेपालले तेश्रो पटक खेल्दैछ । साथै नेपालले समूह चरणका सबै खेल वानखडेमै खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा नेपालले दोश्रो पटक विश्वकप खेल्न थालेको हो ।

यस्तै टी–२० विश्वकपमा आजै बिहान ११ बजे अफगानिस्तान र न्युजिल्यान्ड तथा बेलुका सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड पनि खेल्दैछन् । हिजो भएका खेलमा पाकिस्तान, वेस्ट इन्डिज र आयोजक टोली भारतले विजयी शुरुआत गरेका छन् ।