काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशका लागि विजयादशमीको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ।
समितिका अनुसार विभिन्न देशका लागि शुभ साइत सार्वजनिक गरेको समितिका सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।
विभिन्न देशमा बसोबास गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूबाट दसैँ टीकाको साइतबारे जिज्ञासा राखिएकाले तिथ्यादिको स्थानीयमानअनुसार सम्बन्धित देशको स्थानीय समयअनुसार शुभ साइत सार्वजनिक गरिएको छ ।
- नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे
- दिल्ली,भारतका लागि सोही दिन अर्थात् २ अक्टोबरका दिन ११ :४९
- न्युयोर्क अमेरिकाका लागि अक्टोबर १ का दिन बिहान ११ :२५
- फ्र्याङ्कर्फट केन्टुकी अमेरिकाका लागि बिहान ११ :५७
- वोवेन्स्वोरो केण्टुकी अमेरिकाका लागि अक्टोबर ११ :०५
- टेक्सासका लागि अक्टोबार ११:३३
- वासिङ्गटन डिसीका लागि ११ :३५
- क्यालिफोर्नियाका लागि बिहान ११ :११
- कोलोराडोका लागि ११ :२९ बजे
- टोरेण्टो क्यानडाका लागि १ अक्टोबरका दिन बिहान ११ :५५
- भ्यानकुभरका लागि ११ :३३
- टोकियो जापानका लागि २ अक्टोबरका दिन बिहान ११ :३१
- सिड्नी अष्ट्रेलियाका लागि २ अक्टोबरका दिन बिहान ११ :४३
- मेलबर्न अष्ट्रेलियाका लागि सोही दिन बिहान ११ :१९
- व्रीसवेन अष्ट्रेलियाका लागि बिहान ११ :५३
- एडिलेटका लागि ११ :३५
- क्यानबेराका लागि ११ :५१
- तास्मानियाका लागि ११ :४५
- पर्थका लागि ११ :२५
- डार्बिन अष्ट्रेलियाका लागि बिहान ११ :४७ बजे
- बेलिङ्गटन न्यूजिल्यान्डका लागि २ अक्टोबरका दिन बिहान ११ :२३
- लिस्बन पोर्चुगलका लागि सोही दिन बिहान ०९ :२३
- लण्डन बेलायतका लागि बिहान ०९ :१७
- पेरिस, फ्रान्सका लागि बिहान ०९ :५७
- नर्वेको ओस्लोका लागि बिहान १० :०३
- क्वालालम्पुर मलेसियाका लागि बिहान ११ :११
- अवुधावी युएइका लागि बिहान १० :५५
- दोहा कतारका लागि बिहान १० :१३
- बैंकक थाइल्याण्डका लागि बिहान १० :४५
- सियोल दक्षिण कोरियाका लागि बिहान १० :५७
- तेल अभिभ इजरायलका लागि बिहान ११ :३५
- सिङ्गापुरका लागि बिहान ११ :०९
- हङ्गकङ्गका लागि बिहान ११ :४५
- साउदी अरेबियाका लागि बिहान १० :५५
- याङ्गून म्यानमारका लागि बिहान १० :२७
- जेनेभा स्विट्जरल्याण्डका लागि बिहान १० :२५
- माल्टाका लागि बिहान १० :५५ बजे











