काठमाडौं । भ्रष्टाचारविरुद्ध २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबाट २७ भदौमा प्रधानमन्त्री बनेकी प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो चरणमा पाँच मन्त्री छनोट गरेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छिन् ।

अर्थमा रामेश्वर खनाल, गृह र कानुनमा ओमप्रकाश अर्याल तथा ऊर्जा, भौतिक, यातायात र सहरी विकासमा कुलमान घिसिङ नियुक्त भएकामा आइतबार पूर्वन्यायाधीश अनिल सिन्हा, अतिरिक्त स्वास्थ्यसचिव संगीता कौशल मिश्रा, वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल र समता फाउन्डेसनका अध्यक्ष मदनप्रसाद परियारको नाम सिफारिस गरिएको हो । राष्ट्रपति कार्यालयले पाँचै जनाको नाम आइसकेको र राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार नियुक्त गरेर शपथ गराउने जनाएको छ ।