कास्की । आफूलाई अभियन्ता दावी गर्ने शर्मिला वाइबा फेरि पक्राउ परेकी छन् । साइबर ब्युरोको आग्रहमा विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा वाइबालाई पोखराको लेकसाइडबाट मंगलबार पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले गत १६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो । सोहीका आधारमा वाइबा पक्राउ परेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरेका छन् ।

उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् ।