दाङ । राप्ती राजमार्गअन्तर्गत सल्यानको राम्री–कपुरकोट सडक आजदेखि एक हप्तासम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।

सडक विस्तार तथा निर्माणको कार्य चलिरहेको हुँदा आजदेखि जेठ १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द गरिने भएको हो ।

सडकको स्तरोन्नतिका लागि आजदेखि गाडी आवागमन दैनिक ६ घण्टा बन्द गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । यो समयमा साना गाडी तथा यात्रुले पैंयाखोरिया–सातवास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने छन् ।