घोराही । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, दाङ जिल्ला उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, घरेलु उद्योग महासंघ र विभिन्न बस्तुगत समितिका प्रतिनिधीहरु, पत्रकार र नगर प्रहरी समेतको सहभागितामा बजार व्यवस्थानका बिषयमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं उपप्रमुख हुमाकुमारी डिसी, निमित्त प्रमुख प्रशासकिय अधिकृत बासुदेव आचार्यको उपस्थितीमा भएको भएको अन्तरक्रियामा व्यवसाय प्रबद्र्धन, सुरक्षा, पार्किङ, बजार अनुगमन, उपभोक्ता अधिकार र व्यवसायीक सुरक्षा लगाएतका बिषयमा छलफल भएको छ । शाखा प्रमुख मोहनसिंह सुनारले सहजिकरण गरेका थिए ।