दाङ । आज महाशिवरात्रि पर्व । देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरेर मनाइँदैछ । पशुपतिनाथमा बिहानैदेखि चहलपहल शुरू भएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

त्यस्तै अन्य शिवालयमा पनि दर्शनार्थीको चहलपहल छ । शिवरात्रीको अवसरमा दाङको धार्मिक पर्यटकीय क्षेत्र पाण्डवेश्वर महादेशव मन्दिर धारापानीमा मेला लाग्ने गर्दछ । शिवरात्रीको अवसर पारेर त्यहाँ तीन दिन अगाडि देखि नै मेलाको सुरुवात गरिएको छ । आज अन्तिम दिन मन्दिरमा भक्तजनहरुको भिड हुने गर्दछ । आज भव्य मेला लाग्ने गर्दछ । यहाँ विश्वकै सबैभन्दा अग्लो त्रिशुल पनि छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइन्छ ।