काठमाडौं । सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यपालिकाले नै सबै गर्ने भए व्यवस्थापिका किन चाहियो भनेर प्रश्न गरे ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्याएको आरोप लगाउदै यस्तो कार्यप्रति आपत्ति जनाए ।
‘‘माघ ८ गते संसदको बैठक आह्वान गरिएको छ । तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँच–पाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला ३५ वर्षमा नेपाली कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक ।,’’ अध्यक्ष प्रचण्डले भने, ‘‘३५ वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश रु उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईहरु पनि अब विकासको हाजी हुनुभएको हो ?’’
रातारात चोरबाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत सही नभएको उल्लेख गर्दै प्रचण्डले भने, ‘‘अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहङ्कार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने रु यो सार्वभौम संसदको अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।’’
सम्बोधनका क्रममा प्रचण्डले आफ्नो कारणणले सत्ताधारी दल एमाले कांग्रेसलाई एक छौ भने कुर्सी मिलाइ राख्नुपर्ने र बारमबार भनिरहनु नपर्ने समेत बताए । उनले अहिले आफूहरु सरकार बनाउनेमा चासो नभएको भन्दै २०८४ किन त्यसपछि पनि सगै भएर जान शुभकामना दिए । तर आफ्नै खुट्टामा उभिएर आफूहरुले सरकार भने बनाइ छोडने दावी गरे ।











