काठमाडौं । पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका तपस्वी रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनलाई बालयौन शोषण मुद्दामा दोषी ठहर गरेको हो ।

सरकारी वकिल कार्यालयले पेश गरेको अभियोजनअनुसार इजलासबाट बम्जन दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले बताए । सजाय कति हुने भन्ने फैसला असार १७ गतेको इजलासले टुङ्ग्याउने छ ।

बाराको निजगढ नगरपालिका–१२ का ३० वर्षीय बम्जनविरुद्ध २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पीडित बालिकाको परिवारले किटानी जाहेरी दिएको थियो । न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गएको पुस २६ गते बम्जनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।