मकवानपुर। मकवानपुरको एक गाउँमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । राक्सिराङ गाउँपालिका ७ दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ बर्षीय दलबहादुर चेपाङको ज्यान गएको हो ।

शनिबार साँझ जंगलबाट ल्याएको च्याउ पकाएर चेपाङ परिवारले आएका थिए । च्याउ खाएर गम्भीर विरामी परेका दलबहादुरलाई आज आइतबार उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सँगै च्याउ खाएका चेपाङ परिवारका चार जना गम्भीर बिरामी छन् ।