काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । डीएसपी केसीलाई दुईं वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवानासहित दोषी ठहर गरेको हो ।

त्यसैगरी उनलाई घुस उपलब्ध गराउने खेम भनिने व्यवसायी खिलेन्द्र जिसी पनि अदालतले दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय फैसला गरेको छ । घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेष अदालतले हिजो मात्रै फैसला सुनाएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएर फिर्ता गर्न १८ लाख रुपैयाँ घुस मागेका थिए । उनले ३४ तोलाभन्दा बढी सुन लिएर १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो । ।