तुलसीपुर । ‘लुट्नेलाई त ब्रम्हलुट छ । नेपालमै हजुर, सुनको गजुर’ गायक कृष्ण रेउलेले पहिलो गित गाउँदा नै मैदान भरिभराउ भइसकेको थियो । तिनै दर्शकलाई गायक रेउलेले देशको वर्तमान अवस्था चित्रण गरिएको गीत गाएर भावुक बनाए ।
प्रदेश तथा केन्द्रमा पनि यही क्षेत्रका प्रभावशाली नेता तथा सरकारको नेतृत्वमा रहँदा पनि विकासले गति लिन नसकेको यथार्थ र अलपत्र फोरलेन, सधै चुनावका बेला मात्रै चर्को रुपमा उठ्ने अघिपछि बेवास्ता गरिने टरिगाउँ विमानस्थललगायतका विषयवस्तुलाई नजिकबाटै नियालेका गायक रेउलेले ती विषयलाई टुक्कामार्फत प्रस्तुत गरिरहे ।
तुलसीपुर महोत्सव–२०८० मा चौथो दिन शनिवार दर्शकहरुको खचाखच भए । शनिवार मात्रै करिब २५ हजार दर्शकले मेला अवलोकन गरेका छन् मेला आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ ।











