काठमाडौं । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले सरकारभन्दा तस्कर चलाख हुँदा सुन तस्करी नियन्त्रण गर्न नसकेको बताएका छन् ।
आज विभागमा भएको छलफलमा महानिर्देशक पौडेलले सरकारले तस्करी नियन्त्रण गर्न विभिन्न उपाय र प्रविधिको प्रयोग गरेपनि तस्कर झन् धेरै चलाख हुँदा चोरीपैठारी नियन्त्रणमा समस्या आएको बताए । ‘हामीले प्रयोग गरेको उपाय र प्रविधिभन्दा सुन तस्करले नयाँ नयाँ प्रविधिको प्रयोग गरेको पाइयो, जुन देशमा कमजोरी छ, त्यही देशमै उनीहरू केन्द्रित हुने रहेछन्’, महानिर्देशक पौडेलले भने ।
विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि भन्सारले किन थाहा नपाएको भन्ने प्रश्नमा महानिर्देशक पौडेलले सुन तस्करीमा भन्सारको मात्रै नभई विमानस्थलमा खटिने अनुसन्धानका कर्मचारी, प्रहरी प्रशासन, विमानस्थलको कर्मचारी प्रशासन लगायतको पनि कमजोरी रहेको बताए ।











