काठमाडौं । माइतीघरको निषेधाज्ञा तत्काल हटाउनुपर्ने भन्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ परेको छ ।
नेपाली काग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले माइतीघरको निषेधाज्ञा हटाउनुपर्ने माग राख्दै आइतबार प्रदर्शन गरेका थिए।
उनीहरुले माईतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।











